News Portal

कुलमान हटाइएपछि उठेका प्रश्नमा ओली: ‘केही अर्थ छैन’

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं, चैत्र १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सानातिना विषयलाई अनावश्यक रूपमा ठूलो मुद्दा बनाउने प्रवृत्ति हावी भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर अनावश्यक हल्ला मच्चाइएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले भने, “केही समूहहरू इस्यु खोजिरहेका छन्। तिललाई पहाड बनाउने प्रवृत्ति मौलाउँदै गएको छ। सरकारले जनताको हितका लागि इमानदारपूर्वक काम गरिरहेको छ, तर ससाना विषयलाई अतिरञ्जित गर्ने चलनले विकासको यात्रामा अवरोध सिर्जना गर्छ।

उनले विद्युत् क्षेत्रमा पछिल्लो समय भएका परिवर्तनहरू कुनै एक व्यक्तिको कारणले मात्र नभई निरन्तरको योजनाबद्ध कार्यसम्पादनको नतिजा भएको स्पष्ट पारे। “पहिलो चार वर्षमा पनि उस्तै काम भएको थियो। अचानक नियुक्ति पाउनेबित्तिकै जादुजस्तो परिवर्तन आएको होइन,” उनले भने।

यसक्रममा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पनि टिप्पणी गर्दै लोकतन्त्रलाई थप परिष्कृत गर्दै अघि बढ्नुपर्ने बताए। “अब सामन्ती सोचमा अड्केर देश अगाडि बढ्दैन। लोकतन्त्रकै सुदृढीकरण गर्दै हामी अघि बढ्नेछौं,” उनको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...