News Portal

अन्तत: कुलमान घिसिङलाई हटाई छाडे

हिमालीसंचार संवाददाता
३५१ पटक

चैत्र ११, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुख बनाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार, हाल कार्यरत कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको छ। घिसिङको चार वर्षीय कार्यकाल आगामी साउन २४ गते पूरा हुने तय भए पनि सरकारले समयअगावै उनलाई हटाउने निर्णय गरेको हो।

डेडिकेटेड र ट्रंक लाइन व्यवस्थापनको विषयलाई लिएर पछिल्लो समय घिसिङ विवादमा तानिएका थिए। उद्योगहरूलाई लाइन काट्ने निर्णयलाई लिएर सरकार र घिसिङबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...