News Portal

सरकारी सेवामा सुधार गर्दै पारदर्शिता र सुलभता ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

हिमालीसंचार संवाददाता
२२७ पटक

काठमाडौं, १० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको सरकारी सेवाहरूलाई अझ प्रभावकारी, सुलभ र पारदर्शी बनाउनका लागि निरंतर प्रयास गरिरहेको बताएका छन्। आइतबार नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले नागरिक सेवा प्रवाहलाई झन्झटमुक्त र सहज बनाउन सरकारका द्वारा उठाइएका कदमहरूको बारेमा जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले भने, “हामीले सरकारी सेवा प्रणालीलाई सुधार गर्दै नागरिकका लागि थप प्रभावकारी र पहुँच योग्य बनाउने दिशामा काम गरेका छौँ।” उनले सरकारका विभिन्न नीति र कार्यक्रमहरूबाट विद्यार्थीहरूलाई विद्यालय भर्नासँगै पाठ्यपुस्तकको सहज उपलब्धता र किसानहरूको मल आपूर्ति सुनिश्चित गरिएको जिकिर गरे।

प्रधानमन्त्रीले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटरजस्ता सेवाहरूमा लामो लाइनको समस्या समाधान गरिएको र सरकारले विभिन्न सरकारी निकायहरूको सेवा प्रणालीलाई एकीकृत गर्दै सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए।

यसैगरी, उनले नागरिक एपको सुरूवातको पनि चर्चा गर्दै यसलाई सरकारी सेवाहरूको पारदर्शिता र सुलभता बढाउने एक महत्वपूर्ण कदमको रूपमा प्रस्तुत गरे। “यो एपले ५० भन्दा बढी सरकारी सेवाहरूलाई समेटेको छ,” उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको जलविद्युत क्षेत्रको विकासमा पनि उल्लेखनीय सुधार भएको बताए र आगामी दिनमा अन्तरदेशीय विद्युत व्यापारको क्षेत्रमा थप प्रगति गर्न सरकारको योजना रहेको बताए।

आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत, १६ लाख ८९ हजार १९६ ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने ८ लाख ३६ हजार बालबालिकाले बाल संरक्षण अनुदान प्राप्त गरेका छन्। यसैगरी, ९९.९ प्रतिशत बालबालिका पूर्वप्राथमिक शिक्षामा भर्ना भएका छन् र महिलाहरूको घरजग्गा स्वामित्व २५ प्रतिशत पुगेको जानकारी पनि दिइएको छ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...