News Portal

दलितको घर भत्काइएको घटनामा संसदीय छानबिनको माग

दलितको घर भत्काइएको घटनामा सांसदहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं, १० चैत्र – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने क्रममा स्थानीय दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनाले राष्ट्रिय सभामा चर्को बहस निम्त्याएको छ। सांसदहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सांसद घनश्याम रिजालले जातीय विभेद र अमानवीय व्यवहारलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। उनले घटनामा संलग्न बजरङ्गी बाबा लगायतलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

त्यस्तै, सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलित समुदायलाई लक्षित गरी घर भत्काउनु आपराधिक कार्य भएको भन्दै दोषीहरूलाई कडा कारबाही गर्न माग गरे। सांसद विश्वकर्माले गाउँपालिका अध्यक्षलाई पदच्युत गर्न र घटनामा संलग्नलाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए।

यसैबीच, सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिकामा १९ वर्षीया मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने बताइन्। सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगहरूको रोकथामका लागि सरकारलाई विशेष योजना ल्याउन आग्रह गरिन्।

सांसद रेणु चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा पठाइएपछि अत्तोपत्तो नभएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरिन्। सांसद विष्णुकुमारी सापकोटाले गुल्मीका उखु किसानहरूलाई व्यवसायिक उत्पादनमा प्रोत्साहित गर्नुपर्नेमा उल्टै दुःख दिइएको भन्दै आपत्ति जनाइन्।

सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी राजमार्गअन्तर्गत भेरी नदीमा चौरजहारी-जाजरकोट जोड्ने पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्मा पुनः लोडसेडिङ हुने आशंका व्यक्त गर्नु गलत भएको बताए। अन्य सांसदहरू पूजा चौधरी, बलदेव बोहरा, र सावित्री मल्लले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...