
काठमाडौं, ८ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई सरकारले विशेष प्राथमिकता दिने बताएका छन्।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोगलाई बढावा दिन आग्रह गरे। उनले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्दै उपभोग वृद्धिबाट देशलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए।
प्रधानमन्त्री ओलीले कर्मशील नागरिकहरूले असन्तुष्टिबाट टाढा रही आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै, सरकार स्वदेशी उत्पादन प्रवर्द्धनका लागि हरतरहका आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पारे।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
