News Portal

भाटभटेनी सुपरमार्केटको ध्यानाकर्षण: सांसदको भनाइप्रति आपत्ति

भाटभटेनी सुपरमार्केटले प्रतिनिधि सभा सदस्य गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा पक्राउ परेको ट्रकसँग सम्बन्धित 'अवैध भेप'को मुद्दामा व्यक्त गरेको भनाइप्रति आपत्ति जनाएको छ।

हिमालीसंचार संवाददाता
३५९ पटक

काठमाडौँ, ८ चैत्र  – भाटभटेनी सुपरमार्केटले प्रतिनिधि सभा सदस्य गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा पक्राउ परेको ट्रकसँग सम्बन्धित ‘अवैध भेप’को मुद्दामा व्यक्त गरेको भनाइप्रति आपत्ति जनाएको छ। यस विषयमा सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त भनाइ तथ्यमा आधारित नभएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भाटभटेनीले भनेका छन्, “सार्वभौम जनताको प्रतिनिधिमूलक थलोमा व्यक्त भएका धारणाहरू तथ्यमा आधारित हुनु पर्छ।” उनले यस घटनासँग सम्बन्धित तातोपानी भन्सारबाट सिल लगाएर पास गरिएका सामग्रीको बारेमा फिजीकल कमजोरीलाई आयातकर्ताको जिम्मेवारीसँग नजोड्नुपर्ने तर्क गरेका छन्।

सुपरमार्केटका अनुसार, ‘अवैध भेप’को आरोपमा पक्राउ परेका चालकले सिल भएको कन्टेनरको सिटमुनि उक्त सामग्री लिएको थियो, र उक्त घटनामा भाटभटेनीको कुनै संलग्नता छैन। गुरुङले यस विषयमा नागरिकलाई सचेत गर्दै यस्तो भ्रामक प्रचारको पछाडि नपर्न आग्रह गरेका छन्।

सुपरमार्केटले यस घटनामा सरकारको निकायसँग निष्पक्ष अनुसन्धानको अपेक्षा व्यक्त गर्दै भनेको छ, “हामी विश्वास गर्छौं कि राज्यका निकायले यथासम्भव निष्पक्ष तरिकामा सत्यताको उजागर गर्नेछन्।”

आखिरमा, गुरुङले यस्तो गलत प्रचारको आधारमा भाटभटेनीको प्रतिष्ठामा क्षति पुर्याउने कार्यको विरोध गर्दै नागरिकलाई अपील गरे, “नक्कली आरोपहरूको आधारमा राम्रो काम गर्ने संस्थालाई बदनाम नगर्नुहोस्।”

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...