News Portal

गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको ‘भिलेन’ भूमिका : प्रचण्ड

संगीता गुरुङ
२०१ पटक

काठमाडौं, चैत्र ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनाको क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका पनि रहेको बताएका छन्। उनले ज्ञानेन्द्रका कदमहरूले गणतन्त्रको मार्ग सहज बनाउन मद्दत पुगेको टिप्पणी गरे।

मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले ज्ञानेन्द्रका केही निर्णयहरूकै कारण राजनीतिक शक्ति सशक्त रूपमा अघि बढ्न सफल भएको उल्लेख गरे। “हामीले जनयुद्ध र जनक्रान्तिबाट गणतन्त्रको आधार तयार गरेका थियौं। तर, ज्ञानेन्द्रले गरेका केही मूर्खतापूर्ण निर्णयहरूले पनि त्यसलाई अझै बलियो बनाइदियो,” उनले भने।

उनको भनाइमा, यदि ज्ञानेन्द्रले राजनीतिक दलहरूमाथि कठोर दमन नगरेको भए वा नेताहरूलाई अपमानित नगरेको भए, राजतन्त्र केही वर्ष टिक्न सक्थ्यो। तर, उनका नीतिहरूले गणतन्त्र स्थापनाको प्रक्रिया तीव्र बनाइदियो।

राजतन्त्र पुनःस्थापनाको प्रयास ‘निरर्थक नाटक’

प्रचण्डले पछिल्लो समय राजतन्त्र पुनःस्थापनाका लागि भइरहेका गतिविधिहरूलाई ‘निरर्थक नाटक’को संज्ञा दिएका छन्। उनले भने, “यसरी राजतन्त्र फर्काउने प्रयासले नेपाली जनतालाई झन् सचेत बनाइरहेको छ। समाजवादको यात्रालाई अगाडि बढाउने प्रेरणा मिलिरहेको छ।”

उनले कुनै पनि कथा, उपन्यास वा फिल्म हिरो मात्र भएर नचल्ने उल्लेख गर्दै भिलेनको भूमिकासमेत महत्वपूर्ण हुने बताए। “अहिले राजावादीहरू भिलेनको भूमिकामा देखिएका छन्। उनीहरूको सक्रियताले नै क्रान्तिको यात्रामा नयाँ उर्जा थपिएको छ,” उनले थपे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...