News Portal

सांसद शाहीप्रति अपमानजनक टिप्पणी रेकर्डबाट हटाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा व्यक्त अपमानजनक टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।

संगीता गुरुङ
३१९ पटक

चैत्र ४, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा व्यक्त अपमानजनक टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले निर्वाचित जनप्रतिनिधिलाई होच्याउने किसिमको अभिव्यक्ति अस्वीकार्य रहेको बताए।

आइतबारको बैठकमा सांसद शाही र नेकपा एमालेका सांसद रघुजी पन्तबीच तीखो भनाभन भएको थियो। छलफलका क्रममा सांसद पन्तले शाहीलाई ‘तिमी’ भनेर सम्बोधन गरेका थिए, जसलाई सांसद सिंहले संसदको गरिमा विपरीत रहेको भन्दै आपत्ति जनाए।

सांसद सिंहले संसदभित्र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक प्रक्रियामा निर्वाचित सांसदहरूको सम्मान रक्षा गर्न आग्रह गरे। साथै, उनले संसदभित्र हुने छलफलहरू स्वस्थ तथा मर्यादित बनाइनुपर्नेमा समेत ध्यानाकर्षण गराए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...