News Portal

सांसद शाहीप्रति अपमानजनक टिप्पणी रेकर्डबाट हटाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा व्यक्त अपमानजनक टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।

संगीता गुरुङ
४१५ पटक

चैत्र ४, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा व्यक्त अपमानजनक टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले निर्वाचित जनप्रतिनिधिलाई होच्याउने किसिमको अभिव्यक्ति अस्वीकार्य रहेको बताए।

आइतबारको बैठकमा सांसद शाही र नेकपा एमालेका सांसद रघुजी पन्तबीच तीखो भनाभन भएको थियो। छलफलका क्रममा सांसद पन्तले शाहीलाई ‘तिमी’ भनेर सम्बोधन गरेका थिए, जसलाई सांसद सिंहले संसदको गरिमा विपरीत रहेको भन्दै आपत्ति जनाए।

सांसद सिंहले संसदभित्र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक प्रक्रियामा निर्वाचित सांसदहरूको सम्मान रक्षा गर्न आग्रह गरे। साथै, उनले संसदभित्र हुने छलफलहरू स्वस्थ तथा मर्यादित बनाइनुपर्नेमा समेत ध्यानाकर्षण गराए।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...