News Portal

  • सुर्खेत प्रहरीको ज्याजती: हिरासतमा रहेका आफन्तलाई भेट्न दिदैन

    हिमाली संचार संवाददाता
    ९११ पटक

    सुर्खेत : चोरीको आरोपमा सुर्खेत प्रहरीको हिरासतमा रहेका गफार मिया, रहिम मिया र साबीर मियालार्इ प्रहरीले भेटघाट गर्न नदिएको उनीहरुका आफन्तले बताएका छन।

    अमरदिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो।

    हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ गत कार्तिक २० पक्राउ गरेको हो। यता मियाले भने कवाड समान आफहुरुले अन्य व्यक्तीबाट खरिद गरेको बताउनु भएको छ।जिल्ला प्रहरी कार्यलय सुर्खेतको आग्रह अनुसार सुर्खेत उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि खरिद गरेको भनिएको ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको जानकारी गराएपनि प्रहरीले सरकारी वकिलको कार्यालयमा नपठाएको उनीहरुको भनार्इ छ ।

    उनीहरुले ट्याक्टरको पुरानको र्इन्जिन पुनःप्रयोगमा नआउने भन्दै उधोग बाणिज्य संघले कवाड समानको दर रहेको पत्र मंसिर २ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा पठाएपनि प्रहरीले यसलार्इ हटाएर १ लाख २२ हजार बराबरको विगो नयाँ मुल्य सहितको व्यहोरा मंसिर ४ गते सरकारी वकिलको कार्यलयमा पेश गरेको बताएका छन।

    वकिलको कार्यलयले सुर्खेत उधोग बाणिज्य संघ बुझेर र्इन्जिन फेरि प्रयोगमा आउने हो या होर्इन समान के कस्तो अबस्थामा छ कति मुल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यलयलार्इ निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ।

    सरकारी वकिल कार्यालयले गत मंसिर ४ गते पठाएको पत्रको जबाफ प्रहरीले अहिलेसम्म पनि नपठाएको भन्दै आफन्तले दुखेसो पोखेका छन।

    यता सुर्खेत उधोग बाणिज्यसंघले भने १४४ नम्बरको चलानी नम्बर भएको पत्र मंसिर २ गते नै पठार्इ सकेको जनाएको छ।

    प्रहरी कार्यलय सरकारी वकिलको कार्यलय बिचको दुरी पाँच मिनेटको अन्तरमा हुदाँ समेत आफुहरुको समस्या प्रति प्रहरी गम्भिर नभएको आफन्तको गुनासो छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने आफुहरु यसको प्रकियमा रहेको भन्दै केही दिन भित्रै पत्र पठाउने जनाएको छ।

    प्रहरीले हिरासतमा रहेका आन्तहरुलार्इ सहजै रुपमा भेट्न दिने गरेको दाबी गर्दै शंकाका लागेको अबस्थामा सामान्य चेक जाँच गर्ने गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal