News Portal

आजपाद्वारा २४ चैतमा काठमाडौंमा खबरदारी सभाको घोषणा

आम जनता पार्टी (आजपा)ले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने घोषणा गरेको छ।

संगीता गुरुङ
२३० पटक

काठमाडौं, फागुन २८ – आम जनता पार्टी (आजपा)ले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने घोषणा गरेको छ।

पार्टी अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सभा अगाडि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनसमेत गरिने बताए। उनले “दलाल दलतन्त्र” को विरोधस्वरूप यो सभा आयोजना गर्न लागिएको स्पष्ट पारे।

उनका अनुसार मुलुकबाट अध्ययन र रोजगारीका लागि विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै जानु गम्भीर विषय हो, र यसको प्रमुख कारण सत्तामा रहेका नेताहरूको असक्षमता तथा कुशासन हो।

आजपाले खबरदारी सभामा युवासहित विभिन्न क्षेत्रका सरोकारवाला तथा आम नागरिकको व्यापक सहभागिता रहने जनाएको छ। यो सभा भ्रष्टाचार, बेरोजगारी, कुशासन, तथा अवसरको असमान पहुँचविरुद्धको आवाज उठाउने उद्देश्यले आयोजना गरिन लागेको हो।

यसअघि पनि आजपाले सरकारको नीति–कार्यक्रमको विरोध गर्दै विभिन्न प्रदर्शन तथा सभा गरेको थियो। खबरदारी सभाले आम जनताको असन्तुष्टि सरकारसमक्ष प्रभावकारी रूपमा पुर्‍याउने आजपाको विश्वास छ।

 

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...