
फाल्गुन २६, काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार, बैठक बिहान ११ बजेपछि बस्ने तय गरिएको छ।
बैठकमा राजावादीहरूको गतिविधि, सरकारको भूमिका र आगामी आन्दोलनका कार्यक्रमबारे गम्भीर छलफल हुने बताइएको छ। एकीकृत समाजवादीका नेताहरूले सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको आरोप लगाउँदै आएका छन्।
पार्टी स्रोतका अनुसार, एकीकृत समाजवादीले आगामी चैत १ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ। पार्टी नेतृत्वले यस बैठकलाई भावी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
