News Portal

आजको राशिफल

आज फाल्गुन २०, २०८१ (मार्च ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२१० पटक

आज फाल्गुन २०, २०८१ (मार्च ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

स्वाधिकार प्राप्तिका लागि कडा मेहनत गर्नुपर्नेछ। वादविवादजन्य विषयमा प्रवेश नगर्नु राम्रो हुनेछ। विश्वासपात्रबाट घातप्रतिघातको सम्भावना छ, सतर्क रहनुहोस्। (शुभ रङ : रातो, शुभ अंक: २)

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

धार्मिक कार्यमा मन जानेछ। कार्यसिद्धिको शुभ फलदायी योग छ। मनमा प्रसन्नता छाउने शुभ समाचार सुन्न पाइनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ, चिताएको काममा सफलता मिल्नेछ। (शुभ रंग: सेतो, शुभ अंक: १)

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

शुभ कार्यको यत्रतत्र चर्चा चल्नेछ। बोलीको उच्च सकारात्मक प्रभाव जमाउन सकिनेछ। तर, थालेका कार्य बीचैमा रोकिने सम्भावना छ, ध्यान दिनुहोस्। (शुभ रंग: हरियो, शुभ अंक: ८)

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

सभा, गोष्ठी, सम्मेलनमा सरिक हुन पाइनेछ। नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्नेछ। तर, व्यापार व्यवसायमा घाटा सहनुपर्ने सम्भावना छ, सतर्क रहनुहोस्। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

आत्मविश्वासमा कमी आउनेछ। हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्नेछ। अनायासै स्वास्थ्यमा समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोस्। (शुभ रंग: सुन्तला, शुभ अंक: १)

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

इज्जत प्रतिष्ठाको सीमा बढ्नेछ। ठीक समयमा उचित निर्णय लिन सकिनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। (शुभ रंग: निलो, शुभ अंक: ८)

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिनेछ। विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग पाइनेछ। घरमा नवीन चहलपहल छाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। (शुभ रंग: गुलाबी, शुभ अंक: २)

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

नयाँ कार्ययोजना तय हुनेछ। लामो समयदेखि रोकिएका कार्य सुचारु हुनेछन्। तर, प्रायः हरेक कार्यमा विघ्न बाधा खडा हुन सक्छ, धैर्य राख्नुहोस्। (शुभ रंग: रातो, शुभ अंक: ४)

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ। अन्तिममा गएर काम बिग्रिने सम्भावना छ। वादविवादबाट टाढै रहनु श्रेयस्कर हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ, आहारविहारमा ध्यान पुर्याउनुहोस्। (शुभ रंग: बैजनी, शुभ अंक: १)

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

आशा गरेको व्यक्तिबाट राम्रो साथ पाइनेछ। कला साहित्यमा रुचि बढ्नेछ। अर्थ लाभसँगै कार्य सिद्धिको योग छ। पुरुषार्थ देखाएर पेसा–व्यवसायमा स्थापित बन्न सकिनेछ। (शुभ रंग: खैरो, शुभ अंक: ९)

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाइनेछ। घरमा नवीन चहलपहल छाउनेछ। आँखामा कष्ट वा कुनै समस्या देखापर्न सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। (शुभ रंग: खैरो, शुभ अंक: ७)

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले फाइदा नदिए पनि आफन्तको साथ सहयोग प्राप्त हुनेछ। नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिनेछ। श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। (शुभ रंग: पहेँलो, शुभ अंक: ५)

तपाईंको दिन शुभ रहोस्!

 

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...