News Portal

टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

नेपाल सरकारले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाएको छ।

संगीता गुरुङ
२४२ पटक

७ फागुन, काठमाडौं – नेपाल सरकारले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाएको छ। बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

समारोहको सुरुवात स्वतन्त्रताको प्रतीक परेवा उडाएर गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीका टोलिले विविध कला कौशल प्रदर्शन गरेका थिए भने विभिन्न सांस्कृतिक समूहले झाँकीमार्फत नेपाली संस्कृतिको झल्को प्रस्तुत गरे।

प्रजातन्त्र दिवसकै अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान विशेष कार्यक्रम तय गरिएको छ, जसमा राष्ट्रपति पौडेलको सहभागिता रहनेछ।

सरकारले यो अवसरमा देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। नेपालमा २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिनको रूपमा यो दिवस मनाइँदै आएको छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...