News Portal

डल्लुबाट सुनको गरगहना चोरी गरेका ३ जना पक्राउ

डल्लु क्षेत्रबाट सुनको गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२३८ पटक

काठमाडौं, २९ माघ – डल्लु क्षेत्रबाट सुनको गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ का ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेका ५८ वर्षीय जागिर मलिक र भारतको कलकत्ताका ३७ वर्षीय कोमल बहादुर कार्की रहेका छन्।

उनीहरूले माघ २६ गते डल्लुस्थित ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुनको गहना चोरी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट सुनको नेक्लेस, सिक्री, औठी, गालेको सुन, तिलहरी, कल्ली, झुम्का, मंगलसूत्र र सिक्कासहित विभिन्न गहना बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका आरोपितहरूको अनुसन्धान स्वयम्भू प्रहरी वृतबाट गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...