News Portal

अंशबन्डा विवादका कारण दोलखामा महिलामाथि खुकुरी प्रहारको प्रयास

दोलखाको बैतेश्वर गाउँपालिका–६ मा अंशबन्डा विवादले उग्र रूप लिँदा एक महिलामाथि खुकुरी प्रहारको प्रयास भएको छ।

संगीता गुरुङ
३४४ पटक

दोलखा, माघ २९ – दोलखाको बैतेश्वर गाउँपालिका–६ मा अंशबन्डा विवादले उग्र रूप लिँदा एक महिलामाथि खुकुरी प्रहारको प्रयास भएको छ।

स्थानीय स्रोतका अनुसार सोमबार बिहान करिब ९ बजे बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका ४१ वर्षीया उषा तामाङमाथि उनका मामाका छोरा सुन्दर अधिकारीले खुकुरी देखाएर आक्रमण गर्न खोजेका थिए। विद्यालयबाट फर्किरहेकी तामाङलाई बाटोमा रोकी अधिकारीले धकेलेपछि उनले ज्यान जोगाउँदै भाग्न सफल भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार यो घटना अंशबन्डा विवादसँग सम्बन्धित छ। प्रहरी निरीक्षक दाताराम अधिकारीले दिएको जानकारीअनुसार सुन्दर अधिकारीले जिल्ला अदालतबाट मुद्दा जितेपछि उषा तामाङले उच्च अदालतमा पुनरावेदन दिएकी थिइन्। सोही कारण आक्रोशित अधिकारीले खुकुरी प्रहार गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै स्थानीयबासीमा चासो बढेको छ। अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने सुन्दर अधिकारीलाई पक्राउ गर्न खोजिरहेको छ। उषा तामाङको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...