News Portal

अंशबन्डा विवादका कारण दोलखामा महिलामाथि खुकुरी प्रहारको प्रयास

दोलखाको बैतेश्वर गाउँपालिका–६ मा अंशबन्डा विवादले उग्र रूप लिँदा एक महिलामाथि खुकुरी प्रहारको प्रयास भएको छ।

संगीता गुरुङ
२५४ पटक

दोलखा, माघ २९ – दोलखाको बैतेश्वर गाउँपालिका–६ मा अंशबन्डा विवादले उग्र रूप लिँदा एक महिलामाथि खुकुरी प्रहारको प्रयास भएको छ।

स्थानीय स्रोतका अनुसार सोमबार बिहान करिब ९ बजे बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका ४१ वर्षीया उषा तामाङमाथि उनका मामाका छोरा सुन्दर अधिकारीले खुकुरी देखाएर आक्रमण गर्न खोजेका थिए। विद्यालयबाट फर्किरहेकी तामाङलाई बाटोमा रोकी अधिकारीले धकेलेपछि उनले ज्यान जोगाउँदै भाग्न सफल भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार यो घटना अंशबन्डा विवादसँग सम्बन्धित छ। प्रहरी निरीक्षक दाताराम अधिकारीले दिएको जानकारीअनुसार सुन्दर अधिकारीले जिल्ला अदालतबाट मुद्दा जितेपछि उषा तामाङले उच्च अदालतमा पुनरावेदन दिएकी थिइन्। सोही कारण आक्रोशित अधिकारीले खुकुरी प्रहार गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै स्थानीयबासीमा चासो बढेको छ। अहिले प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने सुन्दर अधिकारीलाई पक्राउ गर्न खोजिरहेको छ। उषा तामाङको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...