News Portal

सिन्धुलीमा गाडी दुर्घटना, एक जनाको मृत्यु

झापाबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

संगीता गुरुङ
३५३ पटक

सिन्धुली, माघ २५ – झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका-५, गढीमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सिन्धुलीका इन्स्पेक्टर सुनिल चौरसियाले जानकारी दिएको अनुसार, दुर्घटना शुक्रबार बिहान ३:४५ बजे भएको हो। गाडी अनियन्त्रित भएर सडकबाट खसेको थियो।

मृतकको पहिचान दोलखा जिल्ला गौरीशंकर गाउँपालिका निवासी सुशान्त नेपालीको रूपमा गरिएको छ। उनको उपचारका क्रममा सिन्धुली अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको जानकारी प्राप्त भएको छ।

दुर्घटनामा घाइते भएका पाँच जनाको उपचार सिन्धुली अस्पतालमा भइरहेको छ। घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...