News Portal

उपत्यकामा गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीको कडाइ, ७ जना पक्राउ

सामाजिक सञ्जाल ‘टिकटक’ मा तरबार र खुकुरी प्रयोग गरी केक काटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२६० पटक

२४ माघ, काठमाडौं – उपत्यकामा पछिल्ला दिनहरूमा बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसैक्रममा, सामाजिक सञ्जाल ‘टिकटक’ मा तरबार र खुकुरी प्रयोग गरी केक काटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक बहादुर तामाङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गुण्डागर्दी नियन्त्रणका लागि विशेष रणनीति अपनाइरहेको जानकारी दिए। उनका अनुसार, “गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्ने कार्य भइरहेको छ। सूची नवीकरण गरी कानुनी प्रक्रिया अघि बढाइनेछ।”

तरबार र खुकुरी प्रदर्शन गरी आतंक सिर्जना गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार, सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्दै भिडियो बनाउने प्रवृत्तिले सर्वसाधारणमा डर र असहजता पैदा गरेको छ। एआईजी तामाङ भन्छन्, “तरबारको प्रयोगले जनमानसमा नकारात्मक प्रभाव पारेको छ, त्यसैले तुरुन्तै कारबाही थालिएको हो।”

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेकाहरू जबरजस्ती असुली धन्दा, अनधिकृत लेनदेन तथा संगठित अपराधमा संलग्न रहेको आशंका गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, “सामाजिक सञ्जालमार्फत ‘शोअफ’ गर्दै जनतामा त्रास उत्पन्न गर्ने कार्य भएको देखिन्छ। उनीहरू अन्य आपराधिक गतिविधिमा समेत संलग्न हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले आगामी दिनमा पनि गुण्डागर्दी नियन्त्रणका लागि थप कडा निगरानी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...