News Portal

सशस्त्र द्धन्द्धका समयमा गाउँका विवाद मिलाउन तम्सिने प्रचण्ड आफ्ना दुई बुहारी भएको सार्वजनिक गर्न किन डराउछ्न ?

हिमाली संचार संवाददाता
६६२ पटक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नैतिकतामाथि प्रश्नचिन्ह खडा भएको छ । सशस्त्र द्धन्द्धका समयमा जनसरकार गठन गरेर गाउँका विवाद मिलाउने तम्सिने प्रचण्डले अहिले आफ्नै घरमा परेका बेला काखा र पाखाको नीति ल्याएका छन् ।

उनले पुत्र प्रकाशका दुई जना श्रीमती भएको स्पष्ट हुँदाहुँदै प्रकाशको स्मृतिमा तयार भएको पुस्तकमा दोस्री श्रीमती सिर्जना त्रिपाठीको नाम राखेका छैनन् ।तर सिर्जनाका छोराको नाम भने छ । नेताले समाजको प्रतिनिधित्व गर्छ । तर प्रचण्डले एक अभिभावकको समेत भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भएको छ ।

प्रचण्डले सोमबार पुस्तक सार्वजनिक कार्यक्रममा आफ्नै निवास खुमलटारमा भनेका थिए, ‘प्रकाशका लुकेका कुराहरु समेट्ने प्रयास गरिएको छ ।’ तर दुनियाँलाई थाहा भएको यथार्थलाई त सार्वजनिक गर्न डराउने प्रचण्डले लुकेका कुराहरुलाई कसरी सार्वजनिक गरे त भन्ने प्रश्न झन् टडकारो बनेको छ ।

प्रचण्डले सिर्जनाको छोरो प्रसिद्धलाई नाति भनेर चिनाउने तर नाति प्रसिद्धको आमा भनेर चिनाउन भने डराउने नीतिले प्रचण्डको राजनीतिक करियर कति झुठो र कति साँचो भनी सामाजिक संजालहरुमा प्रतिक्रियासमेत आउन थालेका छन् ।

सिर्जनालाई बुहारी नबनाउन सबैभन्दा ठूलो दबाब उनले मानेकी बुहारी बिना मगर (हालकी मन्त्री) को दबाब बढी भएको स्रोत बताउँछ ।

गत वर्ष प्रकाशको मंसिर ३ गते नर्भिक अस्पतालमा निधन हुँदा पनि सिर्जनालाई नजिक पर्न दिइएको थिएन । ०६४ साल माघ ५ गते प्रकाशले सिर्जनासंग मागी बिहे गरेका थिए । पछि प्रकाशले आमाले जवरजस्ती बिहे गरिदिएको भनेर समेत प्रतिक्रिया दिएका थिए । सिर्जनाले कुनै समय लेखेकी थिइन् हाम्रो विवाह दर्ता पनि भएको छैन । छोरा प्रसिद्धको जन्मदर्ता गर्न पनि सकेकी छैन ।’ तीन वर्षअघि सिर्जनाले सासुको व्यवहार सहन नसकेर पोखरामा रहेको बताएकी थिइन् ।

प्रचण्डले फराकिलो छाति गरेर दोस्री बुहारीको अन्यायलाई पनि न्याय दिन सकेको भए सामाजिक बन्थे कि भन्ने प्रतिक्रियाहरु आइरहेका छन् । नाति प्रसिद्धलाई समाजमा स्थापित गर्दै गर्दा बुहारी सिर्जना कसरी प्रचण्डका लागि किन काउछो बनिन् ?

प्रकाशको असामयिक निधनले उनका बाबु प्रचण्ड र आमा सीतामाथि ठूलो बज्रपात परेको छ । त्यत्तिकै बज्रपात प्रकाशका छोराहरुलाई पनि परेको छ । जब प्रसिद्ध बुझ्ने हुन्छन् तब उनीहरुलाई बाबुको अभाव थप महसुस हुनेछ । अनि त्यतिबेला नातिले आमाको बारेमा सोध्दा प्रचण्ड र सीताले जवाफ के दिन्छन् ? हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...