News Portal

बङ्गुर पालनमा युवाहरू आकर्षित

मोरङको रंगेली नगरपालिका वडा नम्बर - ३ मा बङ्गुर पालनप्रति युवाहरू आकर्षित भएका छन्।

रबिन्द्र बराल
२७९ पटक

माघ १३, मोरङ – रंगेली नगरपालिका – ३ स्थित रञ्जनीमा साङ्पाङ कृषि फर्म सञ्चालनमा ल्याएपछि एक युवाले महत्त्वपूर्ण आम्दानी गर्न सफल भएका छन्। वैदेशिक रोजगारका लागि ९ वर्ष मलेसियामा आफ्नो पसिना बगाएर नेपाल फर्किएका शिवु राई अहिले आफ्नै जन्मभूमिमा केही गरौँ भन्ने हुटहुटीका साथ स्वदेशमै व्यवसाय सुरु गरेका छन्।

राईले आफू विदेशमै रहेका बेला रंगेली ३ स्थित रञ्जनीमा दुई बिघा जग्गा किनेर राखेपछि अहिले उनले त्यही ठाउँमा बङ्गुर पालन व्यवसाय सुरु गरेका हुन्। लगभग ४ वर्षअघि उनले १५ वटा बङ्गुर पालनबाट व्यवसाय सुरु गरे पनि अहिले उनका फर्ममा ७० वटा बङ्गुर पालिएका छन्। व्यवसाय सुरु गर्दा राम्रो हुन्छ कि हुँदैन भन्ने अन्योलका कारण थोरै लगानीमै सुरु गरे पनि अहिले उनले सो व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएको बताएका छन्।

उक्त फर्ममा अहिले हिमसार, ब्युरो, र लेन्डरेक्स जातका ७० वटा बङ्गुर तथा दुईवटा बदेल बिउका लागि पालिएका छन्। आफू विदेशमा रहँदा नै बङ्गुर व्यवसायबारे जानकारी र सीप सिकेर आएका कारण यो व्यवसायमा हात हालेको उनले बताए।

शिवु राईका अनुसार एउटा बङ्गुरले १०० दिनमा बच्चा उत्पादन गर्ने र स्वस्थ बङ्गुरले १२ देखि १८ वटा बच्चासम्म दिने गर्छ। ती बच्चालाई ३० देखि ४० दिनसम्म आमाको दूध खुवाएर त्यसपछि भूसा, पिना, र मकैको पीठो खुवाएर हुर्काउने गरिएको छ। ती बच्चाहरूलाई ४ देखि ५ महिनाको उमेरमा ३० हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ।

सुरुमा बङ्गुरपालन गर्नका लागि ६० लाख रुपैयाँको लागतमा घर निर्माण गरेर व्यवसाय सुरु गरे पनि उत्पादन गरेका बङ्गुर बेच्न निकै समस्या परेको र बजार व्यवस्थापनको झन्झट बेहोर्नुपरेको उनले बताए। तर अहिले भने धरान, झापा, काठमाडौं, सिराहा लगायतका स्थानबाट व्यापारीहरू फर्ममा नै बङ्गुर खरिद गर्न आउने गरेका छन्।

शिवुका भाइ आकाश राईका अनुसार यो व्यवसाय सुरु गरेको ४ वर्ष बितिसक्दा पनि नेपाल सरकार, प्रदेश सरकार, र स्थानीय तहले कुनै सहयोग नगरेको गुनासो गरेका छन्। उनले भने, “जसको घरमा न गाई छ न अन्य व्यवसाय, तिनीहरूलाई राजनीतिक पहुँचका कारण अनुदानको रकम सरकारले दिइरहेको छ। तर परिश्रम गरेर केही गर्न चाहनेलाई कसैले नहेर्ने अवस्था छ।”

स्थानिय युवा अनुप मुर्मुले भने, “मैले वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाएको थिएँ। तर साङ्पाङ फर्ममा काम गर्न थालेपछि बङ्गुर पालनबारे सिक्ने मौका पाएँ। अहिले यो व्यवसाय आफैं गर्न सकिने रहेछ भनेर परिवारको साथमा यसलाई अघि बढाउने निर्णय गरेको छु।”

अर्की व्यवसायी धना कुमारी राईका अनुसार, “हामीले बङ्गुर पालन गरेको २ वर्ष भइसक्यो। तर कुनै निकायबाट सहयोग पाएका छैनौँ। राजनीतिक पहुँच भएका मानिसहरूले मात्र अनुदान पाउँछन्। जसको पावर र शक्ति छ, तिनीहरूले फर्म नखोली पनि फर्मको नाम मात्र देखाएर राज्यसँग दोहन गरिरहेका छन्।”

उद्योगप्रति युवाको आकर्षण देखिँदा पनि सरकारले सहयोग नगर्दा धेरै युवा विदेश पलायन हुन बाध्य भएको स्थानियहरूले गुनासो गरेका छन्।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...