News Portal

सियारीमा मजदुरको कुटपिटबाट मृत्यु

रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ।

संगीता गुरुङ
२०८ पटक

बुटवल, ४ माघ – रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उद्योग परिसरमा परिवारसहित बस्दै आएका केवटलाई उद्योगकै १९ वर्षीय ट्याक्टर चालक कृष्ण केवटले कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएका निष्ठुरी केवटलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा बिहीबार राति साढे ११ बजे उनको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।

केवटको छातीमा गम्भीर चोट लागेको र कृष्णले इँटाले प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटना सम्बन्धमा कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...