News Portal

सियारीमा मजदुरको कुटपिटबाट मृत्यु

रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ।

संगीता गुरुङ
२८९ पटक

बुटवल, ४ माघ – रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उद्योग परिसरमा परिवारसहित बस्दै आएका केवटलाई उद्योगकै १९ वर्षीय ट्याक्टर चालक कृष्ण केवटले कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएका निष्ठुरी केवटलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा बिहीबार राति साढे ११ बजे उनको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।

केवटको छातीमा गम्भीर चोट लागेको र कृष्णले इँटाले प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटना सम्बन्धमा कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...