News Portal

रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।

संगीता गुरुङ
१६१ पटक

२ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।

लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा दर्ता भएको थियो। उनले आइतबार जिल्ला अदालतमा बयान दिएका थिए। तर, बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमा पठाउने आदेश जारी गरे।

सोमबार थुनछेक बहसको क्रममा रवि पक्षका वकिलहरूले हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे। तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई कायम राख्दै बुधबारबाट थप सुनुवाइ हुने बताए।

हाल लामिछानेलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ। यसअघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी २६ पुसमा रिहा भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...