News Portal

रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।

संगीता गुरुङ
२३५ पटक

२ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।

लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा दर्ता भएको थियो। उनले आइतबार जिल्ला अदालतमा बयान दिएका थिए। तर, बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमा पठाउने आदेश जारी गरे।

सोमबार थुनछेक बहसको क्रममा रवि पक्षका वकिलहरूले हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे। तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई कायम राख्दै बुधबारबाट थप सुनुवाइ हुने बताए।

हाल लामिछानेलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ। यसअघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी २६ पुसमा रिहा भएका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...