News Portal

चार देशीय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फेब्रुअरीमा हुने चार राष्ट्रीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

संगीता गुरुङ
३१७ पटक

काठमाडौं, पुस २९ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फेब्रुअरीमा हुने चार राष्ट्रीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

एन्फाले सोमबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता फेब्रुअरी १७ देखि सुरु हुनेछ। पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसै दिन म्यानमार र लेबनानबीच पनि खेल हुनेछ। सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन स्वरूपमा सञ्चालन हुनेछ, जसअनुसार शीर्ष दुई टोलीबीच फेब्रुअरी २६ मा फाइनल खेल हुनेछ। फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाअन्तर्गत यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नेपाली महिला फुटबल टोलीले पछिल्लो पटक नोभेम्बरमा साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेल खेलेको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...