आज : २०२६-१०-२७, मङ्गलबार

चार देशीय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं, पुस २९ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फेब्रुअरीमा हुने चार राष्ट्रीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

एन्फाले सोमबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता फेब्रुअरी १७ देखि सुरु हुनेछ। पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसै दिन म्यानमार र लेबनानबीच पनि खेल हुनेछ। सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन स्वरूपमा सञ्चालन हुनेछ, जसअनुसार शीर्ष दुई टोलीबीच फेब्रुअरी २६ मा फाइनल खेल हुनेछ। फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाअन्तर्गत यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नेपाली महिला फुटबल टोलीले पछिल्लो पटक नोभेम्बरमा साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेल खेलेको थियो।