News Portal

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

रवि लामिछाने काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतमा हाजिर भएका छन्।

संगीता गुरुङ
२०९ पटक

काठमाडौँ, पुस २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतमा हाजिर भएका छन्।

यस अघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते धरौटीमा रिहा भएका उनलाई शुक्रबार नै अदालतमा बोलाइएको थियो। तर साँझ परेकाले उनी आज मात्र उपस्थित भएका हुन्।

अदालतमा उनको बयानपछि थुनछेक बहस हुनेछ। स्वर्णलक्ष्मी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ। लामिछाने विरुद्ध अन्य सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ता प्रक्रिया जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...