News Portal

पोखरा: सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा जवाफी बहस सकियो, आदेशको पर्खाइ

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ।

संगीता गुरुङ
१८४ पटक

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित सात जना प्रतिवादी विरुद्धको बहस आज समाप्त भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले प्रतिवादीहरूका विषयमा जवाफी बहस गरेका थिए। अब प्रतिवादीलाई आफ्ना तर्क राख्न समय दिने प्रक्रिया अघि बढ्ने बताइएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालत परिसर र आसपास प्रहरीको कडा निगरानी छ, र सडकमा अन्य मानिसहरूको उपस्थिति न्यून रहेको छ।

यो मुद्दाको आदेश आजै आउने सम्भावना रहेको छ। न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...