News Portal

दुर्गा प्रसाईंसहित तीनजनाविरुद्ध आपराधिक लाभको मुद्दा दर्ता

नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

संगीता गुरुङ
३१६ पटक

२५ पुस, काठमाडौं – नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईं सहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

प्रसाईंसँगै झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीमाथि संगठित आपराधिक लाभ लिएको आरोप छ। फुयललाई पक्राउ गरेपछि प्रहरीले घटनामा प्रसाईंचो संलग्नता पत्ता लगाएको हो।

धम्कीका अडियो प्रमाणहरू प्रहरीले मिसिलमा समावेश गरेको छ। अडियोमा प्रसाईंले पाँच लाख रुपैयाँको लेनदेनबारे निर्देशन दिएको पाइएको छ।

यसअघि, व्यवसायीलाई भारतीय नम्बरबाट ज्यान मार्ने धम्की आएको उजुरी प्रहरीमा परेको थियो। प्रसाईंसँगै अरु व्यक्तिहरूको नाम पनि फुयलले बयानमा उल्लेख गरेका छन्।

प्रसाईंले सबै आरोप अस्वीकार गरेका छन्। तर, डिजिटिल फरेन्सिक जाँचले अडियोमा उनकाे आवाज पुष्टि गरेको छ।

मामलामा अन्य आरोपीहरू अझै फरार छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...