News Portal

रवि लामिछाने विरुद्धको थुनछेक बहस सम्पन्न

सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछानेविरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ।

संगीता गुरुङ
३५२ पटक

काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, डा. नारायणदत्त कँडेल लगायतले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता घिमिरेले अभियोग पत्रमा समेटिएका प्रमाण र कानुनी दफाबीच कुनै सम्बन्ध नभएको तर्क गरे। उनले प्रमाणलाई “आत्मघाती” भन्दै, रविलाई थुनामा राख्ने कानुनी आधार नरहेको दाबी गरे।

अधिवक्ता कँडेलले रवि सहकारीका सदस्य, ऋणी वा सञ्चालक नभएकाले अभियोग नै लाग्न नसक्ने जिकिर गरे। अन्य अधिवक्ताहरूले “पिक एन्ड चुज” आधारमा रविलाई लक्षित गरिएको आरोप लगाए।

अब अन्य प्रतिवादीका कानुन व्यवसायीको बहस र सरकारी वकिल तथा पीडित पक्षको जवाफ बयानपछि अदालतले थुनछेक आदेश दिनेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...