News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

    नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको भूकम्पप्रति सामाजिक सञ्जाल मार्फत दु:ख व्यक्त गरेका छन्।

    संगीता गुरुङ
    ५६ पटक

    पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको र १३० भन्दा बढी घाइते भएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।

    राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत चीन सरकार र जनतासँग सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

    प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति सी चिनफिङलाई सम्बोधन गर्दै शोक सन्तप्त परिवारहरू प्रति समवेदना व्यक्त गरेका छन्। उनले नेपाल चीनको साथमा रहेको बताएका छन्।

    भूकम्पले नेपालमा केही संरचनामा क्षति पुगेको र मानिस घाइते भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंसहित तीनजनाविरुद्ध आपराधिक लाभको मुद्दा दर्ता

    २५ पुस, काठमाडौं – नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईं...

    इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि...

    थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडा निगरानी

    पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको...

    सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

    अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको...

    आज सुनको मूल्यमा वृद्धि

    २४ पुस, काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ। नेपाल...