News Portal

सूर्यदर्शन प्रकरण: रवि लामिछानेपक्षका वकिलहरूको बहस आज

आज (सोमबार) लामिछाने पक्षका १७ जना वकिल, जसमा वरिष्ठ अधिवक्ता लगायत अरु वकिलहरु बहस गर्ने तयारी छ।

संगीता गुरुङ
२६७ पटक

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत मंगलबार देखि बहस भइरहेको छ।

सरकारी वकिल र पीडिततर्फका वकिलहरूको बहसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस सुरु गरेका छन्। आइतबार प्रतिवादी छबिलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुनको दुरुपयोग भएको भन्दै अनुसन्धान माथि प्रश्न उठाए।

आज (सोमबार) लामिछाने पक्षका १७ जना वकिल, जसमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, डा. नारायण घिमिरे लगायत छन्, बहस गर्ने तयारी छ।

लामिछाने माथि ३ करोड ३७ लाखको सहकारी ठगी र २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरणको बिगो दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...