News Portal

रवि लामिछानेको बयान: ‘जिबी राई र रविना रिमालको अनुमति बिना चेक जारी हुँदैनथ्यो

लामिछानेले आफ्नो भूमिकाबारे बयान दिँदै कुनै चेक काट्ने निर्णय जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना सम्भव नभएको बताएका छन्।

संगीता गुरुङ
३०६ पटक

काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा आफ्नो भूमिका सीमित रहेको दाबी गरेका छन्।

आइतबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। यस प्रकरणमा लामिछानेले आफ्नो भूमिकाबारे बयान दिँदै कुनै चेक काट्ने निर्णय जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना सम्भव नभएको बताएका छन्।

लामिछानेले भने, “भुक्तानी दिनुपर्ने रकमको विवरण जिबी राईले आफ्नी विश्वास पात्र रविना रिमालमार्फत यकिन गरेपछि मात्रै चेक जारी हुने गर्दथे। मेरो भूमिका मात्र हस्ताक्षरकर्ताको रूपमा सीमित थियो।”

रविना रिमाल जिबी ग्रुप अफ कम्पनिजकी कर्मचारी तथा लेखापाल हुन्। लामिछानेले गोर्खा मिडिया नेटवर्कमा कुनै पनि भुक्तानीका लागि रिमालको अनुमति आवश्यक पर्ने बताएका छन्।

सभापति लामिछानेले आफूले कम्पनीका चेकमा हस्ताक्षर गरे पनि लगानीकर्ता वा वित्तीय जिम्मेवारी आफूले नलिएको दाबी गरेका छन्। उनले गोर्खा मिडियामा कुनै सहकारीसँग ऋण लिने वा रकम ल्याउने सम्झौता नगरेको समेत बताएका छन्।

यस प्रकरणमा अदालतले अनुसन्धान सुरु गरेको छ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...