News Portal

फुलखर्क कल्याणकारी समाजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न, भिष्मराज नेपाल अध्यक्षमा

फुलखर्क कल्याणकारी समाजको एघारौं वार्षिक साधारण सभा सम्पन्न गर्दै अधिवेशनले भिष्मराज नेपालको अध्यक्षतामा अधिकारीसहितको १५ सदस्यीय नवगठित कार्यसमिति चयन गरिएको छ।

हिमालीसंचार संवाददाता
४८६ पटक

धादिङ – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको फुलखर्क कल्याणकारी समाजले आफ्नो ११ औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ।

धादिङ जिल्ला समन्वय प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, यसै वडाका वडा अध्यक्ष एवं पालिकाको प्रवक्ता कुमारबहादुर अधिकारी, ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापा, राफ्टिङ संघका अध्यक्ष शिव अधिकारी, छहारी सहकारीका अध्यक्ष रामेश्वर अधिकारी, मण्डली भूपू विद्यार्थी क्लबका अध्यक्ष श्रीराम अधिकारी, गंगाजमुना क्लबका अध्यक्ष कालिका वानिया तथा अग्रज पर्यटन व्यवसायीहरू, स्थापनाकालदेखि सक्रिय कार्यसमिति र आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।

सहयोगी हातहरूबाट सहयोग लिँदै दुःख–पीडामा रहेका व्यक्तिहरूलाई साथ र सहयोग गर्दै आएको यो संस्थाको पछिल्ला दिनहरूमा आकर्षण निकै बढेको देखिन्छ। २८९ जना आजीवन सदस्यहरू रहेको कल्याणकारी संस्थाको कार्यक्रममा अतिथि वक्ताहरूबाट सामाजिक कार्यमा यसरी क्रियाशील भएर काम गरिरहेको सहयोगी हातहरू, संस्थाको नेतृत्व, र आजीवन सदस्यहरूप्रति प्रशंसा व्यक्त गरिएको थियो।

अधिवेशनले भिष्मराज नेपालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा भीमकुमार अधिकारी, उपाध्यक्षमा अमर सिखडा र कोपिला सेन (अधिकारी), सचिवमा अप्सरा अधिकारी (बस्नेत) तथा कोषाध्यक्षमा रामगोपाल अधिकारीसहितको १५ सदस्यीय नवगठित कार्यसमिति चयन गरिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...