News Portal

फुलखर्क कल्याणकारी समाजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न, भिष्मराज नेपाल अध्यक्षमा

फुलखर्क कल्याणकारी समाजको एघारौं वार्षिक साधारण सभा सम्पन्न गर्दै अधिवेशनले भिष्मराज नेपालको अध्यक्षतामा अधिकारीसहितको १५ सदस्यीय नवगठित कार्यसमिति चयन गरिएको छ।

हिमालीसंचार संवाददाता
५०९ पटक

धादिङ – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको फुलखर्क कल्याणकारी समाजले आफ्नो ११ औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ।

धादिङ जिल्ला समन्वय प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, यसै वडाका वडा अध्यक्ष एवं पालिकाको प्रवक्ता कुमारबहादुर अधिकारी, ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापा, राफ्टिङ संघका अध्यक्ष शिव अधिकारी, छहारी सहकारीका अध्यक्ष रामेश्वर अधिकारी, मण्डली भूपू विद्यार्थी क्लबका अध्यक्ष श्रीराम अधिकारी, गंगाजमुना क्लबका अध्यक्ष कालिका वानिया तथा अग्रज पर्यटन व्यवसायीहरू, स्थापनाकालदेखि सक्रिय कार्यसमिति र आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।

सहयोगी हातहरूबाट सहयोग लिँदै दुःख–पीडामा रहेका व्यक्तिहरूलाई साथ र सहयोग गर्दै आएको यो संस्थाको पछिल्ला दिनहरूमा आकर्षण निकै बढेको देखिन्छ। २८९ जना आजीवन सदस्यहरू रहेको कल्याणकारी संस्थाको कार्यक्रममा अतिथि वक्ताहरूबाट सामाजिक कार्यमा यसरी क्रियाशील भएर काम गरिरहेको सहयोगी हातहरू, संस्थाको नेतृत्व, र आजीवन सदस्यहरूप्रति प्रशंसा व्यक्त गरिएको थियो।

अधिवेशनले भिष्मराज नेपालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा भीमकुमार अधिकारी, उपाध्यक्षमा अमर सिखडा र कोपिला सेन (अधिकारी), सचिवमा अप्सरा अधिकारी (बस्नेत) तथा कोषाध्यक्षमा रामगोपाल अधिकारीसहितको १५ सदस्यीय नवगठित कार्यसमिति चयन गरिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...