News Portal

सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछानेसहित सात जनाको थुनछेक बहस जारी

बचत रकम अपचलन मुद्दामा रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ।

संगीता गुरुङ
२२८ पटक

पुस १९, कास्की – सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ।

शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सुरु भएको थियो। आज पनि लीला पछाईँ र छविलाल जोशी पक्षका कानुन व्यवसायीहरूको बहस जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता गरेको हो। हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनामुक्त गर्ने भन्ने निर्णय हुनेछ। लामिछानेसहितका केही प्रतिवादी कात्तिक २ गते पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...