News Portal

मदन भण्डारी कलेज नजिक पुलबाट कार खोलामा

काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेज नजिक आज बिहान एक कार पुलबाट धोबीखोलामा खसेको छ।

संगीता गुरुङ
२५४ पटक

पुस २१, काठमाडौं- काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेज नजिक आज बिहान एक कार पुलबाट धोबीखोलामा खसेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बिएए ८७१४ नम्बरको कार अनामनगरबाट बानेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। उक्त कार ललितपुर महानगरपालिका-१ निवासी ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। चालक सिजापति सकुशल रहेको प्रहरीको भनाइ छ।

हाल कारलाई खोलाबाट निकाल्ने कार्य भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...