News Portal

मदन भण्डारी कलेज नजिक पुलबाट कार खोलामा

काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेज नजिक आज बिहान एक कार पुलबाट धोबीखोलामा खसेको छ।

संगीता गुरुङ
२०५ पटक

पुस २१, काठमाडौं- काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेज नजिक आज बिहान एक कार पुलबाट धोबीखोलामा खसेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बिएए ८७१४ नम्बरको कार अनामनगरबाट बानेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। उक्त कार ललितपुर महानगरपालिका-१ निवासी ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। चालक सिजापति सकुशल रहेको प्रहरीको भनाइ छ।

हाल कारलाई खोलाबाट निकाल्ने कार्य भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...