News Portal

पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ।

संगीता गुरुङ
२९३ पटक

१९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरू र्‍यालीमा सहभागी हुनेछन्। विभिन्न भेषभूषा र झाँकीसहितको र्‍यालीपछि पृथ्वी शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ।

सोही दिन राप्रपाले चियापान कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरू, विदेशी कूटनीतिक प्रतिनिधि, कलाकार, खेलाडी लगायतलाई निमन्त्रणा पठाइएको छ।

यसैगरी, पुस २५ गते राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले “राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदान” विषयक विचार गोष्ठी आयोजना गर्नेछ।

सरकारले यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...