News Portal

बागमती होटल घटना: फरार युवकको नाममा कोठा बुक

बागमती होटल घटनामा फरार भएका युवकको नाम सार्वजनिक भएको छ।

संगीता गुरुङ
३५३ पटक

काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ स्थित गौशालामा रहेको बागमती होटलमा पुस १६ गते कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट घर भएकी ३० वर्षीया सुस्मिता होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनास्थलमा कुनै घाउचोटका निशान नभेटिए पनि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गरेका थिए। हालसम्म मृत्युको कारण खुल्न सकेको छैन।

घटनाको दिन मध्यान्ह सुस्मिता उक्त होटलमा एक युवकसँग पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, ती युवक घटना पछि फरार भएका छन्। होटलमा बुक भएको कोठा ओखलढुंगा घर भई जापान बस्दै आएका देव बहादुर थापाको नाममा रहेको प्रहरीले जानकारी दिएको छ। थापाले होटलमा आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी बुझाएको फेला परेको छ।

प्रहरीका अनुसार युवकका परिवार कागेश्वरी मनोहरा नगरपालिका–आलापोटमा बस्दै आएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार फरार युवकको खोजी जारी छ।

सुस्मिताको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...