News Portal

सप्तरीमा मर्निङ वाक गर्ने व्यक्तिको गाडीको ठक्करबाट मृत्यु

सप्तरीमा मर्निङ वाकमा निस्किएका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ।

संगीता गुरुङ
२२५ पटक

सप्तरी, पुस १९ – सप्तरीमा मर्निङ वाकमा निस्किएका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ।

सुरुङ्गा नगरपालिका–३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा आज बिहान करिब ४ बजे अज्ञात सवारीले ठक्कर दिँदा ६० वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको हो। मृतक नेपाली सोही वडाका स्थानीय बासिन्दा थिए।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार ठक्कर दिने सवारीको खोजी भइरहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल राजविराज पठाइएको छ। स्थानीयबासीले यस्तो दुर्घटनाबाट बच्न सडक सुरक्षामा थप ध्यान दिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...