News Portal

गौशालास्थित होटलमा युवतीको मृत्यु, हत्या आशंका

गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया युवती मृत फेला परेकी छन्।

संगीता गुरुङ
३७८ पटक

काठमाडौँ, पुस १८ – काठमाडौँ महानगरपालिका-९ गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी छन्। कागेश्वरी मनोहरा नगरपालिका आलापोट घर भएकी सुस्मिता कलेजसँगै जापानी भाषा कक्षा लिइरहेकी थिइन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुस्मिताको हत्या भएको आशंका गरेको छ। उनी पुस १६ मा एक युवकसँग होटल गएकी थिइन्। ती युवक होटलको ढोकामा बाहिरबाट ताला लगाएर फरार भएका छन्। अनुसन्धानमा ती युवक तीन वर्षदेखि जापानमा बस्दै आएका र मंसिर ३० मा छुट्टीमा नेपाल आएको खुलेको छ।

प्रहरीका अनुसार सुस्मिताको शरीरमा चोटपटक नदेखिएकोले मृत्युको कारण पोष्टमार्टमपछि मात्र पुष्टि हुनेछ। ती युवक पुस १७ मा जापान फर्किने तयारीमा रहेको पाइएको छ।

मृतकका परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन्। घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान जारी राखेका छन्। सुस्मिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...