News Portal

बाँकेमा कुष्ठरोगको बढ्दो असर, सामुदायिक सचेतना आवश्यक

पछिल्लो एक वर्षमा बाँकेमा ८४ नयाँ कुष्ठरोगी पहिचान भएपछि जिल्लालाई कुष्ठरोगको उच्च जोखिममा रहेको मानिएको छ।

संगीता गुरुङ
२७४ पटक

बाँके: पछिल्लो एक वर्षमा बाँकेमा ८४ नयाँ कुष्ठरोगी पहिचान भएपछि जिल्लालाई कुष्ठरोगको उच्च जोखिममा रहेको मानिएको छ। जानकी गाउँपालिका–३ स्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान भएका थिए, जसमा बाँकेका बिरामीको संख्या सबैभन्दा बढी छ।

अस्पतालका प्रमुख मङ्गल बहादुर थारुका अनुसार पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा रोगको कीटाणु पोजिटिभ रहेको छ। अस्पतालले बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको छ।

साइनिङ अस्पतालले कुष्ठरोगी पहिचान, उपचार, सचेतना कार्यक्रम, र निःशुल्क सेवा प्रदान गर्दै पश्चिम नेपालको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा सेवा विस्तार गरिरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले कुष्ठरोग नियन्त्रणमा साइनिङ अस्पतालले ठूलो योगदान गरिरहेको बताए। रोग निवारणका लागि थप खोजी अभियान र सामुदायिक प्रयासको आवश्यकता रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...