News Portal

भक्तपुरमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

भक्तपुरको विभिन्न क्षेत्रमा आज (सोमबार) १० घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।

संगीता गुरुङ
२९६ पटक

भक्तपुरको विभिन्न क्षेत्रमा आज (सोमबार) १० घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने स्थानहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो।

कौशलटार चोक, बालकोट क्षेत्र, दुर्गा मन्दिर, रेडक्रस, बृहस्पति चोक, धारापाती, गोदावरी खोला लगायतका क्षेत्रमा जीर्ण कन्डक्टर बदल्ने कार्यका लागि विद्युत काटिने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अघि काम सम्पन्न भए सेवा सुचारु गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...