News Portal

खोटाङ: बालविवाह गर्ने युवकसहित दुई जना पक्राउ

नाबालिकासँग विवाह गरेको आरोपमा एक युवक र बालविवाह गराउन सहयोग गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

संगीता गुरुङ
३१७ पटक

खोटाङ – नाबालिकासँग विवाह गरेको आरोपमा २८ वर्षीय रमेश राई र बालविवाह गराउन सहयोग गरेको आरोपमा कमला राईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका रमेशले १३ वर्षीया बालिकालाई विवाह गरेका थिए। पुस ८ गते विवाह गरेका रमेशलाई पुस १२ र कमलालाई पुस १३ मा पक्राउ गरिएको हो। पक्राउ परेका दुवै विरुद्ध बालविवाह सम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

पीडित बालिकालाई युवकको घरबाट उद्धार गरी स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ। कानुन अनुसार बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...