News Portal

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण, दीपक मनाङेका सचिव पक्राउ

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमणको घटनामा संलग्न देखिएपछि भण्डारीलाई काठमाडौँको फुटुङस्थित थापा चोकबाट पक्राउ गरिएको छ।

संगीता गुरुङ
४१८ पटक

काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिका राम भण्डारी संलग्न रहेको खुलासा भएको छ।

कार्तिक ११ मा भएको घटनामा संलग्न देखिए पछि भण्डारीलाई काठमाडौँको फुटुङस्थित थापा चोकबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि सोही घटनामा शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परिसकेका छन्।

प्रहरीको अनुसन्धान अनुसार, ४ जनाको समूहले विक्रमलाई रडले कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको छ। समूहको नेतृत्व अजय लामाले गरेका थिए, जो यसअघि लिखत किर्ते मुद्दामा जेल परेका थिए। घटनाका अन्य दुई अभियुक्त अजय लामा र दीपक बरामु फरार रहेका छन्।

प्रहरीले घटनामा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...