
काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिका राम भण्डारी संलग्न रहेको खुलासा भएको छ।
कार्तिक ११ मा भएको घटनामा संलग्न देखिए पछि भण्डारीलाई काठमाडौँको फुटुङस्थित थापा चोकबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि सोही घटनामा शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परिसकेका छन्।
प्रहरीको अनुसन्धान अनुसार, ४ जनाको समूहले विक्रमलाई रडले कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको छ। समूहको नेतृत्व अजय लामाले गरेका थिए, जो यसअघि लिखत किर्ते मुद्दामा जेल परेका थिए। घटनाका अन्य दुई अभियुक्त अजय लामा र दीपक बरामु फरार रहेका छन्।
प्रहरीले घटनामा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
