News Portal

बालेनको गुनासो : तीनकुने मुआब्जा प्रक्रिया अघि नबढ्नु दुर्भाग्य

बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्।

संगीता गुरुङ
२३६ पटक

काठमाडौं, १२ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्। कोटेश्वर महोत्सवको अवसरमा शुक्रबार सम्बोधन गर्दै उनले, “पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको छ, तर अहिलेको सरकार पनि कुनै कदम उठाउन तयार छैन,” भने।

मेयर शाहले दुई तिहाइको सरकारमा पनि मुआब्जा विवाद समाधान नभएको भन्दै, “प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री सबैसँग सम्बन्धित यो विषय छ, तर अझै कुनै प्रगति भएको छैन,” बताएका छन्।

उनले कोटेश्वरको पहिचानलाई उजागर गर्न व्यवसायीलाई आग्रह गर्दै, “यहाँको विशेषताहरू महोत्सवमार्फत चिनाउनुपर्छ,” भने।

काठमाडौं महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ, जसको मुआब्जामा २१ रोपनीका लागि १० करोड ८० लाख रुपैयाँ वितरण भइसकेको छ। बाँकी २५ रोपनीका जग्गाधनीहरूले हालसम्म मुआब्जा लिन अस्वीकार गरेका छन्, र अहिलेको भाउमा मुआब्जा मागेका छन्।

सडक क्षेत्रका ८ रोपनी जग्गामा पनि स्थानीयहरूले मुआब्जा दाबी गरेका छन्, तर महानगरपालिकाका अधिकारीहरूका अनुसार सडक क्षेत्राधिकारभित्रको जग्गामा मुआब्जा दिन नमिल्ने बताउँछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २२ गतेको राशिफल

आज पुष २२, २०८२ (जनवरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको घरमा आक्रमण

अमेरिका – अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीस्थित निजी निवासमा आक्रमण भएको छ।सीएनएनले स्रोतलाई...

चालु आर्थिक वर्षमा ५ लाख २६ हजारभन्दा बढीलाई अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र

काठमाडौं – नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार...

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...