News Portal

दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध सरकार पुनरावलोकनमा

आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने तयारीमा छ।

संगीता गुरुङ
२७९ पटक

काठमाडौं: आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध सरकार पुनरावलोकनमा जाने तयारीमा छ। पुस ५ मा सर्वोच्चले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सर्वोच्चबाट पत्र आएपछि पुनरावलोकन निवेदन दर्ता गर्ने बताए। साइबर कसुरमा धरौटीमा छुटेका प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी अनुसन्धान जारी रहेको सीआईबीले जानकारी दिएको छ।

प्रसाईंको नाम भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको धम्कीको घटनामा पनि जोडिएको छ। सरकारले मुद्दामा पुनरावलोकन मार्फत कडा कदम चाल्ने संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...