
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि मध्यम हिमपात हुने, लुम्बिनी सहित अन्य केही स्थानहरूमा हल्का वर्षा हुने अनुमान छ। तापक्रम घट्न गइ चिसो बढ्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
दैनिक जनजीवन, स्वास्थ्य, र हवाई यातायातमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक तयारी गर्न सबैलाई सुझाव दिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
