News Portal

संरचना बलियो नबनाए जोखिम न्यूनीकरण असम्भव: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका संरचनालाई थप बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

संगीता गुरुङ
२७४ पटक

काठमाडौँ, पुस ११ – गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका संरचनालाई थप बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्षमता तथा कार्य प्रभावकारिता बारे काठमाडौँमा आयोजित छलफल कार्यक्रममा उनले सङ्घदेखि स्थानीय तहसम्मका संरचनाहरू सुदृढ बनाउनुपर्नेमा जोड दिए।

नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले भूगोल, प्राकृतिक तथा मानव सिर्जित जोखिम न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

गृहमन्त्रीले समुदाय र वडास्तरका संरचनालाई बलियो बनाउनुपर्ने र समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरण प्रभावकारी हुने धारणा राखे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...