News Portal

ललितपुर च्यासलमा हत्या: एक आरोपी रिहा, दुईविरुद्ध अनुसन्धान जारी

गुरुङको हत्या प्रकरणमा पक्राउ परेकामध्ये १ जनालाई प्रहरीले रिहा गरेको छ भने २ जना दुईजनामाथि अनुसन्धान जारी राखेको छ।

संगीता गुरुङ
३८३ पटक

ललितपुर, १० पुस – ललितपुरको च्यासल स्थित टड टाउन क्याफेमा भएको झगडापछि २३ वर्षीय नयन गुरुङको हत्या प्रकरणमा पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ।

सुनसरी इटहरीका गुरुङको हत्या आरोपमा दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टसहित तीन जना पक्राउ परेका थिए। तर, प्रारम्भिक अनुसन्धानमा भट्टको संलग्नता नदेखिए पछि उनलाई रिहा गरिएको ललितपुर प्रहरीका एसपी नवरत्न पौडेलले जानकारी दिए।

अनुसन्धानका लागि काभ्रेका जनक बहादुर तामाङ (२६) र डडेल धुराका हेमराज भट्ट (२६)लाई हिरासतमा राखिएको छ। प्रारम्भिक विवरण अनुसार, क्याफेमा डिनरको बिल तिर्ने क्रममा विवाद हुँदा हेमराजले चक्कु प्रहार गरेका थिए।

घटनापछि गम्भीर घाइते भएका गुरुङलाई बि एन्ड बी अस्पताल पुर्याइएको थियो, जहाँ राति १० बजे उनको मृत्यु भयो। प्रहरीका अनुसार कर्तव्य ज्यानको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...