News Portal

भक्तपुर हत्याकाण्ड: परिवारकै सदस्यको संलग्नता खुलासा

बालकोटमा मृत भेटिएका बुवा र छोरालाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ।

हिमालीसंचार संवाददाता
५०२ पटक

भक्तपुर – बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य (५६) र उनका छोरा प्रबिन आचार्य (२२) लाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ। कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गर्दै हत्या आफूले गरेको स्वीकार गरेका छन्।

उपत्यका प्रहरी कार्यालयका अनुसार, मिलनले प्रहरी वृत्त महाराजगञ्जमा आत्मसमर्पण गरेका हुन्। सोमबार खोटाङका स्थायी बासिन्दा कुल प्रसाद र उनका कान्छा छोरा प्रबिन मृत अवस्थामा फेला परेका थिए। घटनापछि मिलन फरार रहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुल प्रसादको टाउको र कानमा चोट लागेको देखिएको छ। आत्मसमर्पणको क्रममा मिलनले घटनाबारे स्वीकारोक्ति दिएका छन्। थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...