News Portal

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: बयान जारी

सहकारी अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ।

संगीता गुरुङ
२२४ पटक

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ।

सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको हो। सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने सहित १९ जनामाथि मुद्दा दायर गरिएको छ। लामिछाने माथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख बिगो दाबी गरिएको छ।

यसै प्रकरणमा सहकारीका मुख्य योजनाकार जीवी राई लगायत केही आरोपीहरू अझै फरार रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। लामिछाने माथि अन्य जिल्लामा पनि अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...