News Portal

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: बयान जारी

सहकारी अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ।

संगीता गुरुङ
३१२ पटक

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ।

सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको हो। सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने सहित १९ जनामाथि मुद्दा दायर गरिएको छ। लामिछाने माथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख बिगो दाबी गरिएको छ।

यसै प्रकरणमा सहकारीका मुख्य योजनाकार जीवी राई लगायत केही आरोपीहरू अझै फरार रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। लामिछाने माथि अन्य जिल्लामा पनि अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...