News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कास्कीमा रवि लामिछाने सहित पाँच जनाको अदालतमा बयान सुरु

    कास्की जिल्ला अदालतमा सहकारी ठगीका आरोपित रवि लामिछानेसहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ।

    Sangeeta Gurung
    ७३ पटक

    कास्की – जिल्ला अदालतमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ।

    आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने सहित ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।

    सरकारी वकिल कार्यालयका अनुसार लामिछानेमाथि रु २७ करोड ८९ लाख र छविलाल जोशीमाथि रु ७४ करोड ३४ लाख बिगो दाबी गरिएको छ। सहकारी ठगीका लागि लामिछानेमाथि रु तीन करोड ३७ लाख बिगो दाबी गरिएको छ।

    लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। यस प्रकरणका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन्।

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा प्रहरी जवानले आफैमाथि गरे गोली प्रहार

    कञ्चनपुर, १२ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैमाथि गोली...

    डिपेन्डेन्ट भिसामा विदेश लैजाने भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा...

    बालेनको गुनासो : तीनकुने मुआब्जा प्रक्रिया अघि नबढ्नु दुर्भाग्य

    काठमाडौं, १२ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै...

    कास्की अदालतमा रवि लामिछानेको दोस्रो दिनको बयान जारी

    कास्की, पुस १२ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका...

    दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध सरकार पुनरावलोकनमा

    काठमाडौं: आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध...