News Portal

देशमा केही अनिष्ट हुन्छ भने पुसमै हुन्छः प्रमुख सचेतक परियार

उमाकान्त खनाल
२८९ पटक

झापा। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुस ७ गतेका दिन पार्टीका हरेको कार्यकर्ताले आफ्ना डायरीमा नोट गरेर राखेको बताएका छन्।

आइतबार झापामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै परियारले देशमा केही अनिष्ट हुन्छ भने त्यो पुसमै हुने उनले बताए।

उनले भने, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पुस ७ गते डायरीमा लेखेका छन्। र न्यायको पर्खाइमा बसेका छन्।’

उनले पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको विषयलाई उठाएका हुन्। तर न्यायालयप्रति आफ्नो पूर्ण भरोसा रहेको भन्दै न्यायालयको फैसला स्वीकार्य हुने बताए।

लामिछानेमाथि लागेको सहकारी ठगी तथा संगठित अपराधको मुद्दाका विषयमा पार्टीका प्रमुख सचेतक परियारले लोकतन्त्रमा आरोप लगाउन पाइने तर आरोपलाई गलत तरिका पुस्ट्याइँ गर्न नपाइने बताए।

उनले राज्यका सबै अंगहरूलाई प्रयोग गरेर आरोप प्रमाणित गर्न नपाइने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी केवल एउटा पार्टी मात्र नभएर युवा पुस्ताको अभियानसमेत भएको परियारले बताए।

उक्त भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला समितिलाई पूर्णता दिएको छ। आइतबार बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलाले उमेश खरेल सभापति रहेको जिल्ला समितिलाई पूर्णता दिएको हो।

भेलाबाट सभापतिमा उमेश खरेल र उपसभापतिमा प्रकाश पाठक यथावत रहेका छन् भने, सचिवमा शम्भु सुस्केरा ढकाल, सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, महिला सदस्यहरुमा सीता विक, लीला खड्का र कमला पोखरेल तथा पुरुष सदस्यहरुमा पुष्पराज ढकाल र नरेन्द्र शिवाकोटी चुनिएका छन्।

सभापतिले एक महिला र एक पुरुष मनोनयन गर्न पाउने प्रावधान रहेको छ। गठन हुने ११ जना कार्यसमितिमा निर्वाचन क्षेत्र समितिबाट १–१ जना गरी पाँचजना र पालिका सभापति १५ जना गरी जम्मा ३१ जनाको जिल्ला समिति निर्माण हुने उपसभापति पाठकले जानकारी दिए।

जिल्ला भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो।

२०७९ असार ३० गते भएको प्रथम भेलाले सभापति खरेल र उपसभापति पाठक रहेको दुई सदस्यीय जिल्ला समिति गठन गरेको थियो। सोही समितिले पूर्णता पाएको हो।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...