News Portal

हनी ट्र्याप प्रकरणमा इन्सपेक्टर बिनु शाही अदालतमा उपस्थित

बलात्कारको झुटो मुद्दा लगाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाही आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन्।

Sangeeta Gurung
४०१ पटक

काठमाडौं – बलात्कारको झुटो मुद्दा लगाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन्।

न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा शाहीको बयान सकिएपछि बहस हुनेछ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ।

घटनामा मुख्य योजनाकार ताज इस्लामलाई थुनामा राखिएको छ भने अन्य केही प्रतिवादीलाई धरौटीमा रिहा गरिएको थियो। शाही सहित ६ जनामाथि आपराधिक लाभ र संगठित अपराधको मुद्दा दायर गरिएको छ।

सीआईबीको अनुसन्धान अनुसार, ताज इस्लामको नेतृत्वमा व्यवसायीलाई हनी ट्रयापमा फसाई रकम असुलिएको पुष्टि भएको छ। इन्सपेक्टर शाहीले घटनामा भूमिका खेलेको पाइएपछि उनलाई प्रतिवादी बनाइएको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...