News Portal

हनी ट्र्याप प्रकरणमा इन्सपेक्टर बिनु शाही अदालतमा उपस्थित

बलात्कारको झुटो मुद्दा लगाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाही आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन्।

Sangeeta Gurung
३१६ पटक

काठमाडौं – बलात्कारको झुटो मुद्दा लगाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन्।

न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा शाहीको बयान सकिएपछि बहस हुनेछ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ।

घटनामा मुख्य योजनाकार ताज इस्लामलाई थुनामा राखिएको छ भने अन्य केही प्रतिवादीलाई धरौटीमा रिहा गरिएको थियो। शाही सहित ६ जनामाथि आपराधिक लाभ र संगठित अपराधको मुद्दा दायर गरिएको छ।

सीआईबीको अनुसन्धान अनुसार, ताज इस्लामको नेतृत्वमा व्यवसायीलाई हनी ट्रयापमा फसाई रकम असुलिएको पुष्टि भएको छ। इन्सपेक्टर शाहीले घटनामा भूमिका खेलेको पाइएपछि उनलाई प्रतिवादी बनाइएको हो।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...